घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव: भलिबल र बास्केटबलतर्फ सेमिफाइनलको  खेल जारी

पाेखरा | जेठ १९, २०८०

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव: भलिबल र बास्केटबलतर्फ सेमिफाइनलको  खेल जारी

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा क्ल्यू गाउँ फाइनल प्रवेश गरेको छ । 


शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा क्ल्यूले विन्देश्वरी ठाँटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलनमा स्थान पक्का गरेको हो । 


दोस्रो सेमिफाइनल खेल भने वर्षाका कारण स्थगित भएको छ । तनहुँको ठकुरी समाज बाबियोडाँडा र घान्द्रुक किम्चेबीचको सेमिफाइलन खेल वर्षाको कारण स्थगित भएको हो । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ । 


यस्तै महोत्सवमा आयोजित खुल्ला बास्केटबल प्रतियोगितामा मार्दीखोला (सुन्तला) फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा मार्दीखोला(सुन्तला) ले स्याउलीबजारलाई ४०–३५ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मार्दीखोलाका राज गुरुङ म्यान अफ दि म्याच घोषित भए । 


दोस्रो सेमिफाइलन खेल भने वर्षाको कारण स्थगित भएको छ । मार्दीखोला (निलो) र सेन्चुरी युवा क्लबबीचको दोस्रो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको हो । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुनेछ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सञ्चालन भइरहेको छ ।  


गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । 


११ समूहको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन भोलि जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ ।


भोलि जेठ २० गते सञ्चालन हुने म्याराथन प्रतियोगितामा ५६ धावकले भाग लिएका छन् ।  म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्